सर्वोच्चले भन्यो– संसदका महासचिवले पठाएको पत्र ‘निष्प्रभावी’

सर्वोच्च अदालतले निलम्बनमा परेको प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले पठाएको पत्र कार्यान्वयन नगर्न तथा नगराउन अन्तरिम आदेश दिएको छ ।

शुक्रबार सर्वोच्चमा बसेको संवैधानिक इजलासले यो आदेश दिएको हो । 

शुक्रबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिकुमार सिन्हाको संवैधानिक इजलासले प्रतिनिधिसभालाई दिएको अधिकार महासचिवले प्रयोग गरेकाले गम्भीर प्रश्न खडा भएको समेत उल्लेख गर्दै आदेश दिएको छ ।

यसअघि गौतमले चोलेन्द्रशम्शेर जबरामाथिको महाअभियोग निष्प्रभावी भएको उल्लेख गर्दै उनलाई पत्र दिएका थिए । आजको आदेशमा यो निष्प्रभावकी भएको पत्र नै निष्प्रभावी भएको उल्लेख गरिएको छ ।

२७ मंसिरमा कार्यकाल सकिने भएकाले प्रधानन्यायाधीश जबरा एक दिनका लागि भए पनि सर्वोच्च फर्किन चाहन्थे । तर, उनको यो इच्छा पूरा नहुने भएको छ ।





  • प्रकाशित मिति : मंसिर २३, २०७९ शुक्रबार १७:३३:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया