निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सर्वोच्च अदालतले नै कारण पेश आदेश दिएको छ । उनले आफूविरुद्धको महाअभियोग तथा निलम्बन फुकुवा हुनु पर्ने माग राखेका थिए ।
यही विषयलाई लिएर सर्वोच्च अदालतले जबरालाई निलम्बन किन निष्प्रभावी हुनु पर्ने भन्दै कारण पेश आदेश दिएको हो ।
संघीय संसदका महासचिव भरतराज गौतमको पत्र तत्काल कार्यान्वयन नगर्न अन्तिरम आदेश दिएको अदालतले यो कारण देखाउ आदेशसमेत दिएको हो ।
अदालतले जबरालाई आफैं वा आफ्नो कानुनी प्रतिनिधिमार्फत् जवाफ दिन आदेश दिएको छ । यो जवाफ पेश गर्नका लाति सर्वोच्च अदालतले ७ दिनको समय दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।