आफैंले कोड दिएको दुई दिनपछि चलचित्र विकास बोर्डले भन्यो– चलचित्र हलमा विश्वकप नदेखाउनू

चलचित्र विकास बोर्डले सिनेमा हलहरुमा विश्वकप फुटबल नदेखाउन ध्यानाकर्षण गराएको छ । केही दिनअघि आफैंले चलचित्र हलहरुलाई विश्वकप फुटबलका लागि कोड दिएको विकास बोर्डले एक विज्ञप्ति निकाल्दै यस्तो सूचना दिएको हो ।

नियमित चलचित्र प्रदर्शनको सो समयजस्तै विश्वकप फुटबल प्रसारण हुन लागेको भन्दै बोर्डले चलचित्र हलहरुलाई ध्यानाकर्षण गराएको छ । 

तर, दुई दिनअघि मात्रै चलचित्र हलहरुलाई विकास बोर्डले विश्वकप फुटबलका लागि पनि कोड उपलब्ध गराएको थियो । 

अहिले कारवाहीको चेतावनीसहित चिठी काटेपछि यसले बोर्ड सदस्यहरुको मतसमेत बाझिएको छ ।

‘हामीले नै दुई दिनअघि कोड दिने र अहिले यो काम नगर्नू भन्दा त्यो व्यवहारिक भएन,’ चलचित्र विकास बोर्डका सदस्य राज कटुवालले फरकधारलाई भने, ‘व्यवसायीहरुले व्यवसाय गर्न चाहनु स्वभाविक हो । हामीले यसअघि नै यस विषयमा छलफल गर्नु पथ्र्यो, नियमविपरित उनीहरुलाई केही दिनअघि मात्र कोड दिनु हुन्नथ्यो ।’

विकास बोर्डले आफ्नो विज्ञप्तिमा लेखेको छ– चलचित्र प्रदर्शन गर्न दिइने इजाजत पत्रको अनुसूची ७ मा व्यवस्था भएको चलचित्र प्रदर्शन गर्न दिइने इजाजत पत्रको खण्ड ७ मा इजाजतपत्रवालाले पालना गर्नुपर्ने शर्तः बमोजिम मात्र चलचित्र घरमा चलचित्र प्रदर्शन गर्नुहुन सूचित गरिन्छ । अन्यथा नियमानुसारको कारबाही भैजाने ब्यहोरा जानकारी गराइन्छ ।





  • प्रकाशित मिति : मंसिर २३, २०७९ शुक्रबार १८:३५:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया