पाँच वर्ष प्रतिपक्षमै बसौँ, सरकारका गलत कदममा खबरदारी गरौँः ठाकुर गैरे

नेकपा एमालेका नेता तथा पाल्पा क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद ठाकुर गैरेले नेकपा एमालेले पाँच वर्ष प्रतिपक्षमा नै बसेर सरकारका कामहरुमाथि ‘वाचडग’को भूमिका निर्वाह गर्नु पर्ने बताएका छन् ।
 

गैरेले जनादेशले अहिले नेकपा एमालेलाई सरकार बनाउनका लागि सहज नभएको भन्दै प्रतिपक्षमा बसेर पनि देशलाई निकास दिन सकिने बताएका हुन् ।

‘देश निर्माणमा र संसदका कामहरु तथा गतिविधिमा प्रतिपक्षको पनि सशक्त भूमिका हुन्छ,’ फरकधारसँग कुराकानी गर्दै ठाकुर गैरेले बताए, ‘यसपटक हामीले ससाना धेरै दललाई लिएर सरकार बनाउने प्रयास गर्नुभन्दा प्रतिपक्षमा बसेर पाँच वर्ष काम गर्दा राम्रो हुन्छ ।’

प्रतिपक्षको भूमिकामा आफूहरु सशक्त भएर अगाडि बढ्ने पनि उनले बताएका छन् । 

विभिन्न कारणहरुले प्रतिकूल अवस्था भए पनि जनताले पार्टीलाई समानुपातिकमा सबैभन्दा ठूलो दल बनाउँदा नेकपा एमालेको क्रेज रहेको पुष्टि गरेको र प्रतिपक्षमा भएर जनताको चाहना सम्बोधन गर्नु पर्ने उनले बताए ।

‘हामीलाई समानुपातिकमा सबैभन्दा बढी पपुलर मत आएको छ,’ उनले भने, ‘यसको अर्थ हो, नेकपा एमालेबाट जनताले सबैभन्दा बढी आशा गरेका छन् । यस्तो अवस्थामा हामीले सत्ता समीकरणका लागि अनेक प्रपञ्चमा लाग्नुभन्दा प्रतिपक्षमा रहेर जनताको आशालाई पूरा गर्नुपर्छ ।’





  • प्रकाशित मिति : मंसिर २३, २०७९ शुक्रबार २०:१२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया