विश्वकप फुटबलः ब्राजिल र क्रोएसियाको खेल गोलरहित बराबरी भएपछि अतिरिक्त समयमा

विश्वकपमा अहिले जारी ब्राजिल र क्रोएसियाको खेल अतिरिक्त समयमा प्रवेश गरेको छ ।

निर्धारित ९० मिनेटमा दुवै टिमले गोल गर्न सकेनन् ।

गोलरहित बराबरीमा निर्धारित समय सकिएपछि यो खेल एक्स्ट्रा समयमा पुगेको हो । आजको खेलमा बढी दबाबमा ब्राजिल देखिएको थियो । ब्राजिलले १४ पटक गोलका लागि प्रहार गर्दा क्रोएसियाले ६ पटक मात्र गर्न सफल भएको थियो । 

तर, ब्राजिललाई थर्ड पोलमा रोक्ने रणनीति लिएको क्रोएसिया सफल भयो ।

क्रोएसियाका गोलकिपर लिभाकोभिचले आज केही सुन्दर बचावहरु गरेका थिए ।
 





  • प्रकाशित मिति : मंसिर २३, २०७९ शुक्रबार २२:३७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया