अबुधाबी– युएईको न्यायिक निकायले आइतबार हिन्दी भाषालाई तेस्रो औपचारिक भाषाको रुपमा प्रस्तुत गरेको छ । अरबी र अंग्रेजीपछि हिन्दीलाई पनि न्यायिक निकायमा औपचारिक भाषाको रुपमा मान्यता दिने निर्णय आइतबार भएको अधिकारीहरुले बताएका छन् ।
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले युएईको अदालतमा दिएको निवेदनका आधारमा अदालतले हिन्दी भाषालाई पनि कामकाजको भाषाको मान्यता दिएको हो ।
युएईमा आप्रवासीमध्ये सबैभन्दा धेरै भारतीय छन् । उनीहरु अधिकांश हिन्दीभाषी हुन् ।
सामाजिक सञ्जाल ट्विटरमा युएईको अदालतको प्रशंसा गर्दै सुष्माले हिन्दी भाषालाई पनि युएईमा औपचारिक भाषाको मान्यता दिएकोमा धन्यवाद व्यक्त गरेकी छिन् ।
तथ्यांकअनुसार दुबईमा तीन लाखभन्दा बढी भारतीय छन् । उनीहरु प्रायः भारतको उत्तरी र मध्य क्षेत्रबाट आउने गरेका गल्फ न्युजले लेखेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।