पेनाल्टी सुटआउटमा ब्राजिललाई हराउँदै क्रोएसिया सेमिफाइनलमा

कतारमा जारी विश्वकप फुटबलमा क्रोएसिया सेमिफाइनलमा पुगेको छ ।

क्रोएसियाले पेनाल्टी सुटआउटमा ब्राजिललाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । यसअघि अन्तिम १६ मा पनि उसले जापानलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराएको थियो ।

आज भएको खेलमा निर्धारित ९० मिनेटमा कुनै पनि टोलीले गोल गर्न सकेका थिएनन् । 

थपिएको समयको १०६ औं मिनेटमा ब्राजिलका लागि नेयमारले गोल गरेर अग्रता दिलाएका थिए । तर, ११७ औं मिनेटमा क्रोएसियाका पेट्कोभिकले बराबरी गोल गरे ।

त्यसपछि खेल पेनाल्टी सुटआउटमा प्रवेश गरेको थियो ।

पेनाल्टी सुटआउटमा ४–२ ले ब्राजिललाई हराउँदै क्राेएसिया सेमिफाइनलमा पुगेकाे हाे ।





  • प्रकाशित मिति : मंसिर २३, २०७९ शुक्रबार २३:३१:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया