दलहरूले आज निर्वाचन आयोगमा समानुपातिक संसदको अन्तिम सूची पेस गर्दै
फाइल तस्बिर

राजनीतिक दलहरूले आज निर्वाचन आयोगमा समानुपातिक संसदको अन्तिम सूची पेस गर्दैछन् । पार्टीमा छलफल गर्दै दलहरू सांसदको टुङ्गो लगाउँदै छन् । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, जसपा र राप्रपालगायतका पार्टीले सोही विषयमा छलफल गर्न आज पार्टीको बैठक बोलाएका छन् ।

आयोगले अन्तिम सूची पेस गर्न दिएको समयसीमा आज दिउँसो चार बजे सकिँदैछ । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिक सिट बाँडफाँट अनुसार सबैभन्दा धेरै एमालेले १०४ पाएको छ । जसमध्ये ३४ प्रतिनिधिसभातर्फ हो भने बाँकी प्रदेशसभाको हो । 


निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिक सिट बाँडफाँट यस अघि नै गरिसकेको छ । गत ४ मंसिरमा सम्पन्न निर्वाचनकाे नतिजाअनुसार एमालेले प्रतिनिधिसभातर्फ ३४ सिट र प्रदेशसभातर्फ ७० सिट पाएकाे छ । एमालेकाे समानुपातिकमा कुल १०४ सिट पुगेको छ । 

एमालेले प्रदेश १ मा १५, मधेश प्रदेशमा ८, बागमतीमा १४ गण्डकीमा १०, लुम्बिनीमा ११, कर्णालीमा ५ र सुदूरपश्चिममा ७ जना सांसद पाएको छ । 

दोस्रो स्थानमा रहेको कांग्रेसले प्रतिनिधिसभामा ३२ र प्रदेशसभामा ६४ सिट पाएकाे छ । जसअनुसार प्रदेश १ मा १२, मधेश प्रदेशमा ९, बागमतीमा १२ गण्डकीमा ९, लुम्बिनीमा १०, कर्णालीमा ५ र सुदूरपश्चिममा ७ जना सांसद पाएको छ । 

तेस्रो स्थानमा रहेकाे माओवादी केन्द्रले प्रतिनिधिसभामा १४ र प्रदेशसभामा २९ गरी कुल ४३ सिट पाएकाे छ । जसअनुसार प्रदेश १ मा ४, मधेश प्रदेशमा ४, बागमतीमा ७, गण्डकीमा ३, लुम्बिनीमा ४, कर्णालीमा ५ र सुदूरपश्चिममा ३ जना सांसद पाएको छ ।



२४ सांसदसहित चौथो स्थानमा रहेको राप्रपाले प्रतिनिधिसभामा ७,  प्रदेश १ मा ४, मधेश प्रदेशमा १, बागमतीमा ६, गण्डकीमा २, लुम्बिनीमा २, कर्णालीमा १ र सुदूरपश्चिममा १ जना सांसद पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा मात्र १३ सिट पाएको छ ।

एकीकृत समाजवादीले प्रतिनिधिसभामा सिट पाएको छैन भने प्रतिनिधिसभामा जम्मा ९ सांसद पाएको छ । नेमकिपाले प्रदेशसभा मात्रै २ सांसद पाएको छ । जनता समाजवादी पार्टीले प्रतिनिधिसभा ५ र प्रदेशसभामा ९ सांसद पाएको छ । जनमत पार्टीले प्रतिनिधिसभामा ५ र प्रदेशसभा ९ सिट पाएको छ । 



प्रदेशसभा मात्र सिट पाएका लोसपाले ३, नेपाल संघीय समाजवादीले १, नागरिक उन्मुक्ति पार्टीले ५, राष्ट्रिय जनमोर्चाले १, हाम्रो नेपाली पार्टीले १ सिट पाएको निर्वाचन आयोगले जनाएको छ ।

प्रदेशसभामा दर्ता नै नभएकाे राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा माओवादी केन्द्रले भन्दा १ सिट कम पाएकाे छ । माओवादी केन्द्रले १४ सिट पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट पाएकाे हाे । 

  • प्रकाशित मिति : मंसिर २४, २०७९ शनिबार ९:०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया