विश्वकप २०२२ः पोर्चुगल र मोरक्कोबाट को जाला सेमिफाइनलमा ?

सेमिफाइनलमा पुग्नका लागि आज विश्वकप २०२२ मा मोरक्को र पोर्चुगल एकअर्कासँग भिड्दैछन् । नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुने यो खेलमा दुवै टिमले अहिलेसम्म अत्यन्त राम्रो प्रदर्शन गरेका छन् । दुवै टिम फर्ममा रहेको यसअघिका खेलबाट पुष्टि भइसकेको छ ।

पोर्चुगलले यो विश्वकपमा अत्यन्त राम्रो गरेको छ भने मोरक्कोले पहिलो पटक क्वाटरफाइनलबाट अगाडिको यात्रा तय गर्ने योजना बनाएको छ ।

कतारको अल थुमामा स्टेडियममा हुने यो खेल निकै रोमान्चक हुनेछ । यस्तो किन पनि भने यी दुई टिमको विगतबारे धेरै अनुमान गर्न सकिने छैन । दुवै टिमले यसअघि २ खेल मात्र खेलेका छन् । अनि यी दुवै खेल विश्वकपमा नै भएका हुन् ।

विश्वकपमा भएका दुई खेलमा एकपटक मोरक्कोले जितेको छ भने एकपटक पोर्चुगलले जितेको छ ।

यसपटकको विश्वकपमा बेल्जियमलाई हराएर यात्रा सुरु गरेको मोरक्कोले स्पेनलाई पनि विश्वकपबाट बाहिर पठाएको हो । यो विश्वकपमा मोरक्कोले अहिलेसम्म एउटा खेल पनि हारेको छैन । 

त्यसैले पोर्चुगलका लागि आज ठूलो चुनौैति बन्न सक्छ, मोरक्को ।





  • प्रकाशित मिति : मंसिर २४, २०७९ शनिबार १०:३६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया