ब्राजिलियन स्टार नेयमारले ब्राजिलको राष्ट्रिय टिमबाट सन्न्यास लिने संकेत गरेका छन् । जारी विश्वकपमा क्रोएसियासँग हार व्यहोरेपछि नेयमारले आफू ब्राजिलको टिमबाट खेल्ने १०० प्रतिशत ग्यारेन्टी गर्न नसक्ने बताएका छन् ।
यसअघि ब्राजिलका प्रशिक्षक टिटेले आफूले प्रशिक्षक पदबाट राजीनामा दिने बताइसकेका छन् ।
३० वर्षीय नेयमारले यो घोषणा त गरिसकेका छैनन् तर उनले यसबारे आफूले केही समय सोच्नु पर्ने बताएका छन् ।
‘यस विषयमा मैले अलिक सोच्नु पर्ने हुन्छ,’ उनले भनेका छन् ।
आफूले अहिले नै राष्ट्रिय टिमका लागि सबै ढोका बन्द नगरे पनि यसबारे केही समय सोचेर आफू अगाडि बढ्नु पर्ने भएको उनले बताएका हुन् । उनले राष्ट्रिय टिममा १८ वर्षको हुँदा डेब्यू गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।