कांग्रेसबाट समानुपातिकमा तीन पुरुषः प्रकाशमान, विमलेन्द्र र जीवन

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक अहिले सानेपामा सुरु भएको छ । यो बैठकले नेपाली कांग्रेसबाट समानुपातिक सांसदहरुको सूची तय गर्नेछ ।

निर्वाचन आयोगले शनिबार दिउँसो ४ बजेसम्म दलहरुलाई समानुपातिकबाट सांसद हुनेहरुको नामावली पठाउन निर्देशन दिइसकेको छ ।

यसका लागि नेपाली कांग्रेसको बैठक सानेपामा सुरु भएको हो । 

नेपाली कांग्रेसले समानुपातिकमा ३२ सिट पाएको छ । तर, प्रत्यक्षमा एक जना मात्र महिला निर्वाचित भएकाले र सांसदको संख्यामा ३३ प्रतिशत महिता हुनु पर्ने प्रावधान भएकाले नेपाली कांग्रेसले ३ जना मात्र पुरुषलाई समानुपातिक सांसदका रुपमा संसद पठाउने छ । 

नेपाली कांग्रेसका एक नेताका अनुसार यसका लागि कांग्रेसले डा. प्रकाशशरण महत, विमलेन्द्र निधि र जीवन परियारलाई पठाउने भएको छ ।

महत खस आर्य, निधि मधेशी तथा परियार दलितको क्लस्टरबाट समानुपातिक सांसद बन्ने भएका हुन् ।



कांग्रेसका सहमहामन्त्री परियार डा. शेखर कोइराला समूहका नेता हुन् । महत र निधि दुवै जना कांंग्रेस सभापति शेरबहादुर देउवा समूहका नेता हुन् । त्यसैले पनि परियार यो भागवण्डामा सांसद हुन लागेको कांग्रेसका ती नेताले बताए । 

आदिवासी जनजाति क्लस्टरका गोपालमान श्रेष्ठलाई कांग्रेसले राष्ट्रिय सभामा लैजाने तयारी गरेर यो व्यवस्थापन मिलाएको कांग्रेसका ती नेताले फरकधारसँगको कुराकानीमा दाबी गरेका छन् ।



  • प्रकाशित मिति : मंसिर २४, २०७९ शनिबार ११:४४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया