कतार विश्वकपको समाचार संकलनका क्रममा फुटबल पत्रकारको मृत्यु
गत महिना कतारमा काममा ग्रान्ट वाहल । तस्बिरः : बीबीसीबाट

कतारमा विश्वकपको समाचार कभर  गर्ने क्रममा अमेरिकाका चर्चित फुटबल पत्रकारको मृत्यु भएको छ ।  ४८ वर्षीय ग्रान्ट वाहल शुक्रबार राति अर्जेन्टिना र नेदरल्याण्ड्सको खेल हेर्दै गर्दा बेहोस भएका थिए । उनलाई हृदयघात भएको हुन सक्ने प्रारम्भिक रिपोर्टमा दर्शाइएको छ, तर यसको आधिकारिक पुष्टि हुन बाँकी छ ।

गत महिना वाहललाई एलजीबीटी अधिकारको समर्थनमा रेनबो जर्सी लगाएर स्टेडियममा प्रवेश गर्न खोजेकोमा कतारी अधिकारीहरूले छोटो समयका लागि हिरासतमा लिएका थिए।
यसैबीच, युस सकर फेडरेसनले उनको मृत्युलाई हृदयविदारक भनेको छ । 
 





  • प्रकाशित मिति : मंसिर २४, २०७९ शनिबार १४:४४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया