सुखद रहेन रोनाल्डोको ‘अन्तिम’ विश्वकप

पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोका लागि यो विश्वकप सुखद रहन सकेन ।

विश्वकपमा क्वाटरफाइनलबाट पोर्चुगल मोरक्कोसँग हार व्यहोरेपछि ३७ वर्ष पुगिसकेका क्रिस्टियानो रोनाल्डोका लागि सम्भवतः अन्तिम विश्वकप यादगर रहने छ तर सकारात्मक रुपमा होइन, नकारात्मक रुपमा ।

अन्तिम १६ मा स्विट्जरल्याण्डविरुद्धको खेलमा रोनाल्डोलाई बेन्चमा राखिदिएका थिए, पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले । 

क्वाटरफाइनलमा पनि रोनाल्डो प्लेइङ ११ मा परेनन् । उनी बेन्चमा नै थिए । 

पछि खेलमा आएका उनले राम्रो प्रदर्शन गर्न सकेनन् । मोरक्कोसँग हार व्यहोर्दै उनका लागि विश्वकपको यात्रा सम्भवतः समाप्त भयो ।





  • प्रकाशित मिति : मंसिर २४, २०७९ शनिबार २२:४३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया