विश्वकपको दाबेदार मानिएको पोर्चुगललाई क्वाटरफाइनलमा हराउँदै मोरक्को कतार विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
४२ औं मिनेटमा युसेफ एन नेसिरीले गरेको मोरक्कोका लागि गोल नै यो विश्वकपबाट पोर्चुगल बाहिरिनका लागि पर्याप्त भयो ।
योसँगै विश्वकप इतिहासमा मोरक्कोले दुई रेकर्ड बनाएको छ ।
पहिलो हो, मोरक्को विश्वकपमा सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी देश बनेको छ । विश्वकपको ९२ वर्षको इतिहासमा सेमिफाइनलमा पुग्ने मोरक्को पहिलो अफ्रिकी देश हो ।
त्यस्तै, युरोप र दक्षिणी अमेरिकाबाहेकका देश विश्वकपको इतिहासमा सेमिफाइनलमा पुगेको यो तेस्रो पटक हो । यसअघि अमेरिका सन् १९३० मा, दक्षिण कोरिया २००२ मा विश्वकपको सेमिफाइनलमा पुगेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।