फ्रान्स विश्वकप सेमिफाइनलमा, पेनाल्टीमा चुक्यो इंग्ल्याण्ड

फ्रान्स कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न क्वार्टरफाइनल खेलमा इंग्ल्याण्डलाई २–१ ले हराउँदै गत संस्करण विजेता फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको हो । 

अल वयात रंगशालामा भएको खेलमा फ्रान्सको जितमा ओरेलिएन चुवामेनी र ओलिभर जेरुडले एकरएक गोल गरे ।

इंग्ल्याण्डका कप्तान ह्यारी केनले पेनाल्टीबाट एक गोल फर्काए । खेलको १७औँ मिनेटमा फ्रान्सका लागि अउरेलियन टकउमेनीले गोल गर्दै अग्रता दिलाएका थिए । 

५४औँ मिनेटमा इंग्ल्याण्डका लागि ह्यारी केनले गोल गर्दै खेल बराबरीमा ल्याए । यद्यपि ५८औँ मिनेट ओलिभर जेरुडले गोल गरेपछि खेल फ्रान्सले २–१ ले आफ्नो पक्षमा पार्यो । 

खेलको ८४ औं मिनेटमा इंग्ल्याण्डले पेनाल्टीको अवसर पाए पनि त्यसमा केन चुके । अब फ्रान्सले सेमिफाइनलमा मोरक्कोको सामना गर्नेछ । मोरक्को गएराति पोर्चुगललाई १–० ले स्तब्ध पार्दै सेमिफाइनलमा प्रवेश गरेको हो । 





  • प्रकाशित मिति : मंसिर २५, २०७९ आइतबार ५:५८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया