अमेरिकाको कर सम्बन्धी मुद्दामा डब्लुटीओले गरेको निर्णयको चीनले गर्‍यो प्रशंसा

संयुक्त राज्य अमेरिकाले चिनियाँ स्टिल र आल्मुनियम उत्पादन र करबारे लगाएको धारा २३२ ले विश्व व्यापार संगठनको नियमको उल्लंघन गरेको भन्दै चीनले विश्व व्यापार संगठन (डब्लुटिओ) को निर्णयको प्रशंसा गरेको छ ।

वाणिज्य मन्त्रालयका प्रवक्ताले सङ्गठनको विज्ञ समितिको निर्णयलाई ‘वस्तुनिष्ठ र निष्पक्ष’ भनेका छन । अमेरिकाले सन् २०१८ देखि ‘राष्ट्रिय सुरक्षा’ को नाममा विश्व व्यापार संगठनका केही सदस्यहरूबाट आयात हुने स्टिल र आल्मुनियममा कर लगाएको छ । 

यस्ता कार्यहरू सारमा एकपक्षीयवाद र संरक्षणवादको अभ्यास हुन् र यसले डब्लुटीओका नियममा आधारित बहुपक्षीय व्यापार प्रणालीलाई गम्भीर क्षति पुर्‍याएको छ ।

यी कदमहरूको डब्लुटीओका धेरै सदस्य राष्ट्रहरूले विरोध गरिरहेका छन् भने अमेरिकाभित्र पनि यसको व्यापक आलोचना गरिएको छ ।  

‘यसले के देखाएको छ भने विश्व व्यापार संगठनको सुरक्षा अपवादका धाराहरू एकपक्षीयवाद र संरक्षणवादका लागि ‘आश्रयस्थल’ होइनन् । अमेरिकी पक्षले विश्व व्यापार सङ्गठनको विशेषज्ञ समितिको निर्णयको सम्मान गर्नेछ र विश्व व्यापार सङ्गठनको नियमहरूको पालना गर्नेछ, जतिसक्दो चाँडो आफ्ना गलत कामहरू सच्याउनेछ र बहुपक्षीय व्यापार प्रणालीको संयुक्त रूपमा रक्षा गर्न चीन र डब्ल्यूटीओका अन्य सदस्यहरूसँग मिलेर काम गर्नेछ,’ वाणिज्य मन्त्रालयका ती प्रवक्ताले भनेका छन् । 





  • प्रकाशित मिति : मंसिर २५, २०७९ आइतबार ७:२६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया