बिकास-गरिमाको ‘सम्झनाका मिठा मिठा पलहरू’ सार्वजनिक

बिकास लामिछाने र गरिमा शर्माको म्युजिक भिडियो ‘सम्झनाका मिठा मिठा पलहरू’ सार्वजनिक भएको छ । 

अन्जु पन्त र किशोर शिवाकोटीको स्वर र रहेको गीतलाई गीतकार श्री सिवाले लेखेका हुन् । गीतमा संगीत भने गायक शिवाकोटीकै सुन्न सकिन्छ । 

दोलालघाट र मुडेमा खिचिएको गीत रोमान्टिक शैलीको गीत हो । गीतको म्युजिक भिडियोलाई दीपकप्रसाद आचार्यले निर्देशन गरेका हुन् । कोरियोग्राफी भने तेन्जु योञ्जनले गरेकी हुन् । भिडियोमा ड्रेससमेत उनले तयार परेकी हुन् ।

बुद्ध थापाले खिचेको म्युजिक भिडियोमा सुप्रिम पराजुलीको सम्पादन र कलर, मनोज जोसीको प्रोड्कसन, बिक्रम गौतमको मेकअप समावेश रहेको छ ।    





  • प्रकाशित मिति : मंसिर २५, २०७९ आइतबार १०:१७:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया