कञ्चनपुरको बेलौरीमा किशोरीलाई जबर्जस्तीकरणी गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।
किशोरी र परिवारका सदस्यको जाहेरीका आधारमा बेलौरीको भइसोरी बस्ने २० वर्षीय दीपक बोट, ३७ वर्षीय साधुराम राना र ३३ वर्षीय हरिशंकर रानालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए ।
गाउँकै एक सामुदायिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत १७ वर्षीया ती किशोरीलाई स्वास्थ्य परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको छ ।
जाहेरीमा नाम उल्लेख गरिएका व्यक्तिसहित थप केही अपरिचित व्यक्तिले समेत पटकपटक जबर्जस्तीकरणी गर्ने गरेको किशोरीको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।