नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । अमेरिकी डलरको खरिद मूल्य १३१ रुपैयाँ ३४ पैसा र बिक्री मूल्य १३१ रुपैयाँ ९४ पैसा कायम रहेको को छ ।
यता, युरोपियन युरो एकको खरिददर १३८ रुपैया ६६ पैसा र बिक्रीदर १३९ रुपैयाँ २९ पैसा कायम रहेको छ । अष्ट्रेलियन डलरको खरिदर ८८ रुपैयाँ ७९ पैसा र बिक्रीमा ८९ रुपैयाँ २० पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, क्यानेडियन डलरको खरिददर ९६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७५ पैसा, सिंगापुर डलरको खरिददर ९७ रुपैयाँ १३ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५७ पैसा, जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ६५ पैसा र बिक्रीमा ९ रुपैयाँ ६९ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ८९ पैसा र बिक्रीदर १८ रुपैयाँ ९८ पैसा रहेको छ ।
त्यस्तै साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ र बिक्रीमूल्य ३५ रुपैयाँ ९ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ८२ पैसा र बिक्रीदर २९ रुपैयाँ ९५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।