वेस्ट इण्डिजविरुद्धको टेस्ट सिरिज अस्ट्रेलियाद्वारा ‘क्लिन स्विप’

वेस्ट इण्डिजविरुद्धको टेस्ट सिरिज घरेलु टोली अस्ट्रेलियाले ‘क्लिन स्विप’ गरेको छ । आइतबार सकिएको खेलमा ४१९ रनको जित निकालेसँगै अस्ट्रेलियाले सिरिज २–० ले ‘क्लिन स्विप’ गरेको हो । 

पहिलो खेलमा अस्ट्रेलिया १६४ रनले विजयी भएको थियो । दोस्रो टेस्टमा अस्ट्रेलियाले दिएको ४९७ रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिजले ७७ रन मात्र बनाउन सक्यो । उसका लागि दोस्रो पारीमा ट्यागेनारिन चन्द्रपलले सर्वाधिक १७ रन जोडे ।

वेस्ट इण्डिजको पारीलाई ध्वस्त पार्न अस्ट्रेलियाका स्कट बोल्याण्ड, मिचेल स्टार्क र माइकल नेसरले तीन/तीन तथा नाथन लियोनले एक विकेट लिए । पहिलो पारीमा वेस्ट इण्डिज २१४ रनमा अलआउट भयो ।

सो पारीमा ट्यागेनारिन चन्द्रपलले ४७, एन्डरसन फिलिपले ४३, रोस्टन चेसले ३४, जोसुआ डिसिल्भाले २३, डेभन थोमस र कपतन क्रेग बार्थवेटले १९/१९ रन बनाए । अस्ट्रेलियाका लागि नाथन लियोनले तीन, मिचेल स्टार्क र माइकल नेसरले दुई/दुई तथा क्यामरुन ग्रीनले एक विकेट लिए ।

त्यसअघि एडिलेड ओभल मैदानमा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले पहिलो पारी ७ विकेट गुमाएर ५११ रन बनाएको अवस्थामा समाप्तीको घोषणा गर्‍यो । उसका लागि ट्रभिस हेड र मार्नस लाबुसेनले शतकीय पारी खेले । २१९ बल खेलेका हेडले २० चौकाको सहयोगमा १७५ रन बनाए ।  

त्यस्तै, लाबुसेनले ३०५ बलमा १५ चौकासहित १६३ रनको पारी खेले । उस्मान ख्वाजाले ६३, एलेक्स केरीले अविजित ४१, डेविड वार्नरले २१ र माइकल नेसरले १८ रन जोडे । वेस्ट इण्डिजका लागि डेभन थोमस र अल्जारी जोसेफले सर्वाधिक दुई/दुई विकेट लिए ।  



अस्ट्रेलियाले दोस्रो पारी १९९/६ को अवस्थामा समाप्तीको घोषणा गर्‍यो । उसका लागि उस्मान ख्वाजाले ४५, ट्रभिस हेडले ३८, कप्तान स्टिभ स्मिथले ३५, मार्नस लाबुसेनले ३१ र डेविड वार्नरले १८ रन बनाए ।

वेस्ट इण्डिजका लागि जोसेफ अल्जारीले तीन, रोस्टन चेसले दुई र एन्डरसन फिलिपले एक विकेट लिए । उसका लागि उस्मान ख्वाजाले ४५, ट्रभिस हेडले ३८, कप्तान स्टिभ स्मिथले ३५, मार्नस लाबुसेनले ३१ र डेविड वार्नरले १८ रन बनाए ।



वेस्ट इण्डिजका लागि जोसेफ अल्जारीले तीन, रोस्टन चेसले दुई र एन्डरसन फिलिपले एक विकेट लिए ।  

  • प्रकाशित मिति : मंसिर २५, २०७९ आइतबार ११:५९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया