मोरक्कोका गोलकिपर हुन् अर्जेन्टिनाका फ्यान

विश्वकप २०२२ मा अहिलेसम्म विपक्षीको खेलाडीले गरेको एक गोल पनि खाएका छैनन्, मोरक्कोका गोलकिपर यासिन बोनोले । मोरक्कोले पहिलो पटक इतिहास निर्माण गर्दै ऊ सेमिफाइनलमा पुगेको छ । यसका लागि उसले क्वाटरफाइनलमा पोर्चुगललाई हराएको थियो ।

पोर्चुगलको खेलमा पनि बोनोले एक गोल पनि खाएनन्, बरु उनले सुन्दर बचावटहरु गरेका थिए ।

लामो समय स्पेनका विभिन्न क्लबबाट खेलेका बोनोचाहिँ खासमा अर्जेन्टिनाका फ्यान हुन् । 

उनले केही वर्षअघि नै एक अन्तर्वार्तामा भनेका थिए, ‘मैले पहिलो जर्सी लगाएको नै अर्जेन्टिनाको हो । मलाई बुवाले पहिलो जर्सी नै अर्जेन्टिनाको दिनुभएको थियो ।’

उनले पछि आफू स्पेन पुगेपछि पनि अर्जेन्टिनाका खेलाडीहरुसँग खेल्न पाएको उल्लेख गरेका थिए ।





  • प्रकाशित मिति : मंसिर २५, २०७९ आइतबार २१:५७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया