धनुषामा सुतेकै अवस्थामा महिलाको हत्या

धनुषामा घरमै सुतिरहेको अवस्थामा एक महिलाको हत्या भएको छ ।

जिल्लाको बटेश्वर गाउँपालिका–५ शान्तिपुरकी २७ वर्षीया रितादेवी यादवको हत्या भएको धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीले जानकारी दिए ।

गएराति धारिलो हतियार प्रहार गरी रितादेवीको हत्या गरेको आशंकामा उनका श्रीमान् वीरेन्द्र यादवलाई नियन्त्रणमा लिएको डिएसपी क्षेत्रीले जानकारी दिए ।

गम्भीर घाइते ​भएकी रितादेवीलाई वीरन्द्रले उपचारका लागि भन्दै अस्पताल पुर्‍याएका थिए । अस्पताल पुग्नुअघि नै उनको मृत्यु भइसकेको अस्पताललाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । 





  • प्रकाशित मिति : मंसिर २६, २०७९ साेमबार १०:२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया