कक्षा ११ को रजिस्ट्रसेन आवेदन फाराम खुला

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को रजिस्ट्रसेन आवेदन फाराम खुला गरेको छ । 

बोर्डका अनुसार शैक्षिक २०७९ मा भर्ना भएका विद्यार्थीका लागि १५ पुसभित्र विलम्ब शुल्करहित र पुस मसान्तभित्र विलम्ब शुल्कसहित आवेदन फारम भर्न सकिनेछ ।

१५ पुषभित्र आवेदन बुझाउँदा ४०० शुल्क लाग्ने र पुस मसान्तभित्र बुझाउँदा ८०० शुल्क लाग्ने बोर्डले जनाएको छ ।  

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा न्यूनतम १.६ जीपीए प्राप्त गर्ने विद्यार्थीले कक्षा ११ मा अध्ययन गर्न पाउने र सोही आधारमा रजिस्ट्रसेन फाराम भर्नुपर्नेछ ।  





  • प्रकाशित मिति : मंसिर २६, २०७९ साेमबार १०:५२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया