रोनाल्डोका लागि विराट कोहलीको भावुक पोस्ट

कतारमा चलिरहेको विश्वकप फुटबलबाट पोर्चुगल बाहिरिएको छ । क्वाटरफाइनलसम्म यात्रा तय गरेको पोर्चुगल बाहिरिएसँगै पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको विश्वकपको ट्रफी उचाल्ने सपना पनि अन्त्य भएको छ । आफ्नो यो सपना अन्त्य भएको रोनाल्डो स्वयंले बताएका थिए ।

क्वाटरफाइनलमा मोरक्कोसँग पराजित पोर्चुगलले हारे पनि रोनाल्डोप्रति समर्थन र संवेदना विश्वभरबाट मानिसहरुले देखाइरहेका छन् ।

यहीबीच भारतीय क्रिकेटर विराट कोहलीले पनि रोनाल्डोका लागि एक भावुक पोस्ट लेखेका छन् ।

‘कुनै पनि ट्रफी तथा टाइटलले रोनाल्डोबाट यो छिन्न सक्दैन जुन तपाईंले खेलबाट विश्वभरका प्रशंसकहरुलाई दिएका छौ, कुुनै पनि उपाधिले यो बताउन सक्दैन कि तपाईंले मानिसको जीवनमा कस्तो प्रभाव छोड्न्ु भएको छ,’ विराटले लेखेका छन्, ‘यो भगवानबाट मिलेको एउटा पुरस्कार हो, यो एउटा आशीर्वाद हो र कठिन परिश्रम तथा समर्पणको प्रतीक हो । तपाईं जो कोही खेलाडीका लागि एक प्रेरणा हुनुहुन्छ, मेरा लागि तपाईं सर्वश्रेष्ठ हुनुहुन्छ ।’

रोनाल्डोले यो विश्वकपमा जम्मा एक गोल गरे । त्यो पनि उनले समूह चरणमा घानाविरुद्ध गोल गरेका हुन् । यो पेनाल्टी सुटआउटमा उनले गरेको गोल थियो ।





  • प्रकाशित मिति : मंसिर २६, २०७९ साेमबार १०:५४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया