अध्यादेशमार्फत सत्ता स्वार्थपूर्ति गर्न खोज्नु खेदजनक : भीम रावल

नेकपा एमालेका नेता भीम रावलले अध्यादेश ल्याएर प्रधानमन्त्री शेरबहादुर देउवा र सरकारमा सहभागी दलका नेताहरूले सत्ता स्वार्थपूर्ति गर्न खोजेको आरोप लगाएका छन् ।   

उनले प्रधानमन्त्री देउवा र सरकारमा सहभागी दलका नेताहरूले कानुनी शासनको धज्जी उडाउँदै अध्यादेशद्वारा सत्ता स्वार्थपूर्ति गर्न खोजेको आरोप लगाएका हुन् ।

रावलले अध्यादेश ल्याउनु नेपाली जनताको जनादेशको समेत घर अपमान भएको बताएका छन् ।

‘प्रधानमन्त्री र सरकारमा सहभागी नेताहरू यति साह्रो अनैतिक र लज्जास्पद बाटो समत्न लालायित नहोऊ । देश र जनताका बीचमा चुनावमा गरेका वाचा यति चाँडै किन भुलेको?,’ रावलले सोमबार बिहान ट्विट गर्दै प्रश्न गरेका छन् ।

अदालतमा विचाराधीन रहेका मुद्दा पनि फिर्ता लिनसक्ने गरी अध्यादेश ल्याइ कानुनी व्यवस्था गर्ने निर्णय गर्नु कुशासन बढाउने स्वेच्छाचारी काम भएको उनको आरोप छ ।

टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर जेलमा रहेका रेशम चौधरीलाई आममाफी दिने कानुनी बाटो बनाउन मन्त्रिपरिषद् बैठकले आइतबार अध्यादेश ल्याउने निर्णय गरेको थियो । 





  • प्रकाशित मिति : मंसिर २६, २०७९ साेमबार ११:५८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया