कर्णाली प्रदेश सरकारको प्रथम चौमासिक बैठक सुरू
फाइल तस्बिर

कर्णाली प्रदेश सरकारको प्रथम चौमासिक बैठक सुरू भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा आज उक्त बैठक सुरु भएको हो ।

बैठकमा प्रदेश सरकारको चालु आर्थिक वर्षको प्रथम चौमासिकमा कार्यान्वयन गरिएका बजेट तथा कार्यक्रम र योजनाको समीक्षा गर्न थालिएको छ । चालु आवको कात्तिक महिनासम्म भएको बजेट खर्च तथा योजना निर्माणको अवस्था, त्यसको भौतिक तथा वित्तीय प्रगतिका बारेमा जानकारी लिन समीक्षात्मक बैठक सुरु गरिएको मुख्यमन्त्री शाहीलेबताए । 

बैठकमा प्रदेश सरकारका विभागीय मन्त्री, प्रमुख सचिव, विभागीय सचिव र महाशाखा प्रमुखको सहभागिता रहेको छ । 





  • प्रकाशित मिति : मंसिर २६, २०७९ साेमबार १५:३३:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया