परीक्षाफल प्रकाशनमा भएको त्रुटी सच्याउन माग

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले त्रिवि अन्तर्गत स्नातक तहको सम्पूर्ण सेमेष्टर प्रणाली सन् २०१७ ब्याचको परीक्षाकाे नतिजा प्रकाशनमा गरेको त्रुटी सच्याएर ट्रान्सक्रिप्ट दिन माग गरेको छ । परीक्षा प्रकाशित भएको तीन महिना नाघिसक्दा पनि ग्रेडसम्बन्धी त्रुटीका कारण विद्यार्थीलाई पटक पटक परीक्षा नियन्त्रण कार्यालय धाउन बाध्य बनाएकाे र परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको अखिलको आरोप छ । 

नतिजा प्रकाशनपश्चात् उक्त ब्याचका विद्यार्थीले प्राप्त गरेको ट्रान्सक्रिप्टमा विभिन्न त्रुटी फेला परेका छन् । पुनः सच्याउन माग गर्दा त्रिविले अनेक बहाना र आनाकानी गरेको साथै विद्यार्थीसँग थप शुल्क लिन खोजेकोमा अखिलेले ध्यानाकर्षण गराएको छ । 

त्रिवि परीक्षा नियन्त्रण कार्यालयको कमजोरीका कारण भएको त्रुटिमा विद्यार्थीको कुनै दोष नरहेको र विद्यार्थीलाई दुःख नदिन भन्दै अखिलले आज परीक्षा नियन्त्रण कार्यालयमा ध्यानाकर्षपत्र बुझाएको हो । बिना अतिरिक्त शुल्क र झन्झट सच्याइएको ट्रान्सकृष्ट वितरण गर्न अखिले माग गरेको छ । अन्यथा अखिल थप आन्दोलन गर्न बाध्य हुने ज्ञापन पत्रमा उल्लेख छ ।  





  • प्रकाशित मिति : मंसिर २६, २०७९ साेमबार १६:६:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया