जाजरकोटमा साेमबार भएकाे जिप दुर्घटनामा परी नाैजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार दुर्घटनामा परी दुइजना घाइते भएका छन् ।
जिपमा सवार १२ जनामध्ये नाैजनाको मृत्यु भएको छ भने घाइते २ जनालाई तत्काल उद्धार गरेर उपचारका लागि नेपालगञ्जतर्फ पठाइएको छ।
साेमबार दिउँसो कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जिप दुर्घटना परेको हो। जिप सडकबाट २०० मिटर थल खसेको छ।
मध्यपहाडी सडक खण्ड अन्तर्गत जाजरकोटको छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा बोलेरो गाडी दुर्घटना परेको जाजरकोट प्रहरीले जनाएकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।