जाजरकोटमा साेमबार भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ। सोमबार दिउँसो चालक मानबहादुर रावतले चलाएको कर्णाली प्रदेश ०२–०० १ च ०४२९ नम्बरको बोलेरो जीप भिरबाटी भन्ने स्थानमा आफैँ अनियन्त्रित भएर २०० मिटर तल खसेको थियो ।
साढे ४ बजे छेडागाड नगरपालिका–४ स्थित खातिजेवाबाट सोही नगरपालिकाको वडा नम्बर ५ मा रहेको नगर अस्पतालमा उपचारको लागि बिरामी लिएर जाँदै गरेको जिप दुर्घटना भएको हो । प्रहरीका अनुसार ९ जनाको घटनास्थलमै र २ जनाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।
घाइते छेडागाड– २ का जयनाथ अधिकारीलाई उपचारका लागि नेपालगन्ज पठाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय दशेरा र जिल्ला प्रहरी कार्यालयका १५ जना प्रहरीको टोली उद्धारमा खटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
मृतकको नामावली
१)चालक मानबहादुर रावत –भगवतीमाई गाउँपालिका– २ दैलेख
२)अम्मर बहादुर खड्का – भगवतीमाई गाउँपालिका दैलेख
३)सुरेन्द्र केसी– भगवतीमाई –३ दैलेख
४)वीर बहादुर खत्री –छेडागाड नगरपालिका–६ जाजरकोट
५)जयकुमार बुढा– छेडागाड ५ जाजरकोट
६)नैसरा अधिकारी– छेडागाड ५ जाजरकोट
७)राम बहादुर बुढा – छेडागाड ६ जाजरकोट
८)दीपक अधिकारी– छेडागाड ५ जाजरकोट
९) देवीसरा बुढा –छेडागाड ५ जाजरकोट
१०)अम्मर बहादुर अधिकारी–छेडागाड ५ जाजरकोट
११)निशा अधिकारी –छेडागाड जाजरकोट
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।