त्रिविको ग्रेडिङ मार्क्समा व्यापक त्रुटि, सच्याउन नेविसंघको माग

नेपाल विद्यार्थी संघले ग्रेडिङ मार्क्समा त्रिभुवन विश्वविद्यालयले व्यापक त्रुटि गरेको भन्दै तत्काल सच्याउन माग गरेको छ । संघले सोमबार प्रेस विज्ञप्ति जारी गरी विद्यार्थीहरूबाट गुनासो आएकाले सच्याउन माग गरेको हो ।

विज्ञप्तिअनुसार हालै सम्पन्न भएको ४८औँ दीक्षान्त समारोहमा उपस्थित त्रिभुवन विश्वविद्यालयको सेमेष्टर प्रणालीअन्तर्गत परीक्षा उत्तीर्ण विद्यार्थीहरूको शैक्षिक प्रमाणपत्र, लब्धांक पत्र र चारित्रिक प्रमाणपत्रमा समेत उल्लेख भएको ग्रेडिङ मार्क्समा व्यापक त्रुटि आएको गुनासो आएको छ ।

‘सेमेष्टर प्रणाली अन्तर्गतको डेभिएसन सिस्टमलाई समेत पालना नगरी अंक निर्धारण गरेको र विद्यार्थीले छनोट गरेको मुख्य विषय उल्लेख नगरी सबैमा अल भनी उल्लेख गरेकोले विद्यार्थीले मुख्य अध्ययन गरेको विषय नछुट्ट्याएको भनी व्यापक असन्तुष्टि आएकोमा गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ। 





  • प्रकाशित मिति : मंसिर २६, २०७९ साेमबार २०:४५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया