प्रधानमन्त्री शेरबहादुर देउवाले समयमै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गर्न त्रिविलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री देउवा त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत हुन् ।
स्ववियु निर्वाचन गराउन प्रधानमन्त्रीले निर्देशन दिएको र त्रिवि पनि त्यसको तयारीमा जुटेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले जनाएको छ ।
निर्देशक पशुपति अधिकारीले आगामी फागुन १४ गते नै निर्वाचन गराउने गरी त्रिवि लागिपरेको जानकारी दिए। यसैअनुसार सबै क्याम्पसलाई तयारी गर्न जानकारी गराइसकेको उनले बताए।
त्रिवि र नेपाल संस्कृत विश्वविद्यालयका क्याम्पसमा १४ वर्षयता स्ववियु निर्वाचन हुन सकेको छैन। ०६५ सालयता नियमित तवरबाट स्ववियु निर्वाचन हुन नसकेको हो ।
त्रिविका ६२ वटा र नेसंविका १७ वटा आंगिक क्याम्पस छन्। ०७३ चैत १५ गते केही क्याम्पसमा स्ववियु चुनाव भए पनि देशभर स्ववियु चुनाव हुन सकेको छैन ।
०७३ सालमा उपत्यकाका नौवटा र उपत्यकाबाहिरका १७ वटा आंगिक क्याम्पसमा मात्र स्ववियु निर्वाचन भएको थियो।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।