अरुणाचलको सीमावर्ती क्षेत्रमा भारतीय र चिनियाँ सैनिकबीच झडप

भारत र चीनको सीमवर्ती क्षेत्रमा झडप भएको छ। भारतीय सैनिक र चिनियाँ सैनिकबीच अरुणाचलको सीमावर्ती क्षेत्रमा झडप भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

समाचारअनुसार गत ९ डिसेम्बरको झडपमा परी दुवै पक्षका सैनिक घाइते भएका छन्। भारतको रक्षा मन्त्रालयले तवांगमा चिनियाँ सैनिक प्रवेश गरेपछि झडप भएको बताएको छ। 

चिनियाँ पक्षले भने यसबारे केही खुलाएको छैन। भारतीय पक्षका अनुसार तीन सयभन्दा बढी चिनियाँ सेना सीमावर्ती क्षेत्रमा प्रवेश गर्न खोजेपछि भारतीय सेनाले हस्तक्षेप गरेको बताइएको छ । 





  • प्रकाशित मिति : मंसिर २६, २०७९ साेमबार २१:१४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया