गुजरातको मुख्यमन्त्रीमा भूपेन्द्र पटेल निर्वाचित

गुजरातको मुख्यमन्त्रीमा भूपेन्द्र पटेल निर्वाचित भएका छन् । उनले मुख्यमन्त्रीको शपथ लिएका छन् । 

गुजरात विधानसभामा भाजपाले लगातार सातौँपटक सरकार बनाएको छ। विधानसभा चुनावमा बिजेपीले १८२ सिटमध्ये १५६ सिट प्राप्त गरेको छ। 

आइतबार गुजरात बीजेपीका नयाँ विधायकले पटेललाई नेतामा चयन गरेका थिए। उनी दोस्रोपटक प्रदेशको मुख्यमन्त्री बनेका हुन् । 

गुजरातको राजधानी गान्धीनगरमा आयोजित शपथ समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित थिए ।

पटेलसँगै उनका मन्त्रिपरिषदका १६ मन्त्रीले पनि शपथ लिएका छन् । तीमध्ये आठजना क्याबिनेट स्तरका मन्त्री हुन् ।





  • प्रकाशित मिति : मंसिर २६, २०७९ साेमबार २१:२३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया