हालसम्म क-कसले पाए गोल्डेन बुट ? कसले पाउला यस वर्ष ?

हरेक विश्वकपमा सर्वाधिक गोलकर्तालाई गोल्डन बुटबाट सम्मानित गरिन्छ ।यस वर्षको विश्वकपमा गोल्डेन बुट कसले पाउला भन्नेमा धेरैको जिज्ञासा छ । 

अहिले विश्वकपको क्वार्टर फाइनल चलिरहेको छ । हालसम्मको परिणाममा फ्रान्सका किलियन एमबाप्पे सर्वाधिक गोलकर्ता छन् । उनले यस विश्वकपमा पाँच गोल गर्दा अर्जेन्टिनाका लियोनल मेस्सीले चार गोल गरेका छन् । 

उनीहरुपछि आठजनाले ३–३ गोल गरेका छन् । यस विश्वकपमा हालसम्म तीन गोल गर्ने खेलाडीमा लिभियर जिरु (फ्रान्स), कोडी गाक्पो (नेदरल्याण्ड), मार्कस रासफोर्ड (इंग्ल्याण्ड), अल्भारो मोराटा (स्पेन), एनर भ्यालेन्सिया (इक्वेडर), बुकायो साका (इंग्ल्याण्ड), रिचार्लिसन (ब्राजिल), गोन्कालो रामोस (पोर्चुगल) छन् । 

गोल्डन बुट दिने चलन सन् १९८२ को विश्वकपदेखि सुरु भएको हो । त्यसयता विभिन्न देशका ११ खेलाडीले गोल्डेनबुट पाएका छन् । अन्य वर्ष एक–एकजनाले गोल्डेन बुट पाए भने सन् १९९४ मा दुई खेलाडीले गोल्डेन बुट पाएका थिए । 
 
यी हुन् हालसम्मका गोल्डेन बुट विजेता खेलाडी

१९८२– पाओलो रोस्सी, इटाली, ६ गोल
१९८६ – ग्यारी लिनेकर, बेलायत, ६ गोल
१९९० – सालभाटोर स्चिलाची, ६ गोल
१९९४ – ओलेज सालेङ्को (रुस)/ऋतो स्टोइचकोभ (बुल्गेरिया), ६ गोल
१९९८ – डेभोर सुकर, क्रोएसिया, ६ गोल
२००२ – रोनाल्डो, ब्राजिल, ८ गोल
२००६ – मिरोस्लाभ क्लोस, जर्मनी, ५ गोल
२०१० – थोमस मुलर, जर्मनी, ५ गोल
२०१४ – हामेज रोड्रिग्वेज, कोलम्बिया, ६ गोल
२०१८ – ह्यारी केन, इंग्ल्याण्ड, ६ गोल

यस विश्वकपमा हालसम्मका सर्वाधिक गोलकर्ता



१. किलियन एमबाप्पे (फ्रान्स) – ५
२. लियोनल मेस्सी (अर्जेन्टिना) – ४
३. ओलिभियर जिरु (फ्रान्स) - ३
४. कोडी गाक्पो (नेदरल्याण्ड) – ३
५. मार्कस रासफोर्ड (इंग्ल्याण्ड) – ३
६. अल्भारो मोराटा (स्पेन) – ३
७. एनर भ्यालेन्सिया (इक्वेडर) – ३
८. बुकायो साका (इंग्ल्याण्ड) – ३
९. रिचार्लिसन (ब्राजिल) – ३
१०. गोन्कालो रामोस (पोर्चुगल) – ३



  • प्रकाशित मिति : मंसिर २६, २०७९ साेमबार २३:१:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया