सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसियाः विगतलाई हेरौँ

मंगलबार हुने कतार विश्वकपको सेमिफाइनल खेलमा अर्जेन्टिना र क्रोएसिया भिड्दैछन् । यी दुवै टिमले फाइनलमा पुगेर यसपटक वल्र्डकप ट्रफी उचाल्न चाहन्छन् ।

यी दुईमा कसले जित हात पार्ला ? अहिले धेरैको चासोको विषय हो यो । 

आउनुहोस्, यी दुई टिमको विगतलाई हेरौँ ।

मंगलबार हुने खेल विश्वकपमा अर्जेन्टिना र क्रोएसियाबीचको तेस्रो खेल हुनेछ । यसअघि उनीहरुबीच नकआउट चरणमा एकअर्कासँग खेलेकै थिएनन् । सन् १९९८ मा भएको खेलमा अर्जेन्टिनाले १–०ले जित निकालेको थियो । त्यस्तै, २०१८ मा रुसमा भएको खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३–०ले जितेको थियो ।

अर्जेन्टिनाले अहिलेसम्म विश्वकपमा युरोपेली टिमसँग एकपटक मात्र जितेको छ । यसअघिका ६ खेलमा अर्जेन्टिनाले ३ वटा बराबरीमा टुंंग्याएको छ भने ३ वटामा हार व्यहोरेको छ । यो पटक ग्रुप स्टेजमा अर्जेन्टिनाले पोल्याण्डलाई २–०ले हराएको हो । त्यसैले युरोेपेली टिमसँग अर्जेन्टिना कमजोर मानिँदै आएको छ ।

सन् २०१८ मा फाइनलमा पुगेको थियो, क्रोएसिया । 



क्रोएसियाले अहिलेसम्म विश्वकपमा पेनाल्टी सुटआउटमा ४ वटा खेलमा नै जित निकालेको छ ।



  • प्रकाशित मिति : मंसिर २६, २०७९ साेमबार २३:१८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया