एसियन हाइड्रोपावरको आइपिओ खुला

एसियन हाइड्रोपावर लिमिटेडले आजदेखि आइपिओ निष्काशन गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको १० प्रतिशत अर्थात् ३ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ३ लाख ४० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्काशन गर्न लागेको हो । जसमध्ये आयोजना अति प्रभावित क्षेत्र इलाम नगरपालिका–१०, माई जोगमाई गाउँपालिका–३ र ४ तथा सूर्योदय नगरपालिका–११ का स्थानीय बासिन्दाका लागि १ लाख ३६ हजार कित्ता र अति प्रभावित क्षेत्रबाहेकको ईलाम जिल्लाका अन्य क्षेत्रहरूमा बसोबार गर्ने बासिन्दाका लागि बाँकी २ लाख ४ हजार कित्ता सेयर रहेको छ।

यसका साथै सर्वसाधारणमा निष्काशन हुने ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता साधारण सेयरमध्ये १० प्रतिशत अर्थात ८४ हजार कित्ता साधारण सेयर सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीका लागि निष्काशन गर्न लागेको हो ।

यो सेयरका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आयोजन प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन बन्द छिटोमा १२ पुस र ढिलोमा २७ पुस हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने १२ पुसभित्र आवेदन दिनु पर्नेछ ।    





  • प्रकाशित मिति : मंसिर २७, २०७९ मंगलबार ९:४०:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया