नेपाली सुनचाँदी बजारमा मंगलबार छापावाल सुनको मूल्य २ सय रुपैयाँले घटेको छ । योसँगै आज छापावाल सुन प्रतितोला १ लाख रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार छापावाल सुन प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
सोमबार तेजाबी सुन प्रतितोला ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस १ हजार ७ सय ८२ दशमलव ३८ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।