ज्याकलिनविरुद्ध नोराले गरिन् मानहानीको मुद्दा दर्ता

बलिउड अभिनेत्री नोरा फतेहीले अर्की अभिनेत्री ज्याकलिन फर्नान्डेज​विरुद्ध मानहानीको मुद्दा दर्ता गरेकी छन् । उनले दिल्ली पटियाला हाउस कोर्टमा मानहानीको मुद्दा दर्ता गरेकी हुन् । 

‘ज्याक्लिन फर्नान्डेजले उजुरीकर्तालाई आपराधिक रूपमा बदनाम गर्न खोजेकी थिइन्, आफ्नो स्वार्थलाई अगाडि बढाउनको लागि उनको क्यारियरलाई नष्ट गर्नको लागि, किनकि तिनीहरू दुवै एउटै उद्योगमा काम गरिरहेका छन् । र, अन्य कारणहरूका साथै समान पृष्ठभूमि भएका छन्,’ फतेहीले आफ्नो निवेदनमा भनेकी छन् ।

साथै, उनले सुकेश चन्द्रशेखरसँग नोराले गिफ्ट लिएको ज्याकलिनले बताएकी छन् । उनीहरू दुवैलाई सुकेश मनी लाउन्ड्रिङ केसमा प्रहरीले बयान लिएको छ । 

अहिलेसम्म यस विषयको टुंगो लागेको छैन । पटियाला कोर्टले १९ डिसेम्बरमा सुनुवाइ गर्ने तय गरेको छ । नोराले आफ्नो बयानमा सुकेशसँग प्रत्यक्ष सम्बन्ध नभएको दाबी गरेकी छन् । 

उनी केवल सुकेशकी श्रीमती लिना मारिया पलमार्फत् चिन्ने बताएकी छन् । उनले सुकेशबाट गिफ्ट लिएको कुरा गलत भएकोसमेत दाबी गरेकी छन् ।   





  • प्रकाशित मिति : मंसिर २७, २०७९ मंगलबार ११:४१:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया