चीन र दक्षिण कोरियाका विदेशमन्त्रीबीच भिडियो लिंकमार्फत वार्ता भएको छ । उनीहरू बीचमा सोमबार वार्ता भएको हो ।
चिनियाँ विदेशमन्त्री वाङ् यी र गणतन्त्र कोरियाका विदेशमन्त्री पार्क जिनका बीचमा सोमबार इन्डोनेसियाको बालीमा वार्ता भएको हो ।
सो वार्ताका क्रममा उनीहरूबीच द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको बताइएको छ । त्यस वार्ताका क्रममा चिनियाँ विदेशमन्त्री वाङ्ल चीन गणतन्त्र कोरियासँग सम्बन्ध विस्तारका लागि इच्छुक रहेको र आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई थप सुमधुर बनाउँदै लैजान तयार रहेको बताएका थिए ।
वार्तामा हाल दुई देशबीचको सम्बन्ध राम्रो रहेको भन्दै चिनियाँ विदेश मन्त्री वाङले आर्थिक र व्यापारिक क्षेत्रमा साझा हित र फाइदाका लागि चीनले गणतन्त्र कोरियासँग अघि बढ्न चाहेको बताए ।
गणतन्त्र कोरियाका विदेशमन्त्री पार्कले पनि चीनसँग लगानी प्रवर्द्धनका साथै कूटनीतिक क्षेत्रका साझा हितका विषयमा आफ्नो देश मिलेर अघि बढेन चाहेको बताएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।