मधेस प्रदेश : मुख्यमन्त्रीमा कांग्रेसबाट तीनजनाको दाबी

मधेस प्रदेशको भावी मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादव र वीरेन्द्र सिंहको दाबी देखिएको छ । यादव कांग्रेस मधेस प्रदेशका सभापतिसमेत हुन् । 

रौतहट–१(ख)बाट प्रदेशसभा सदस्य निर्वाचित यादव र सर्लाही–४(क)बाट प्रदेशसभा सदस्यमा विजयी सिंहबीच मुख्यमन्त्री बन्न प्रतिस्पर्धा चलिरहेको छ । दुवै पार्टी सभापति शेरबहादुर देउवा पक्षधर हुन् । मुख्यमन्त्री बन्न दुवैले लबिइङ गरिरहेका छन् । 

मुख्यमन्त्रीमा धनुषा–३ (क)बाट प्रदेशसभामा निर्वाचित रामसरोज यादवको नाम पनि चर्चा छ । उनी पनि कांग्रेसकै हुन् । 

रौतहटमा दलीय समीकरणका क्रममा मुख्यमन्त्री बनाउने सर्तसहित प्रतिनिधिसभामा उम्मेदवारी नदिएर प्रदेशसभा सदस्य बनाइएका यादवको दाबेदारी बलियो रहेको कांग्रेस नेताहरु बताउँछन् । 





  • प्रकाशित मिति : मंसिर २७, २०७९ मंगलबार २०:२४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया