निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गर्दै आयोग

निर्वाचन आयोगले यही ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम नतिजा आज घोषणा गर्दैछ । आयोगका अनुसार आज दिउँसो १ बजेपछि अन्तिम नतिजा घोषणा गरिन लागिएको हो । 

निर्वाचन आयोगले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचनको अन्तिम परिणाम पेस गर्ने कार्यक्रम छ । सोही दिन नै निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यलाई प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको छ । 

मतदान सम्पन्न भएको करिब तीन सातापछि मात्रै समानुपातिक निर्वाचन प्रणालीको गणना सम्पन्न भइ राजनीतिक दलले पाएको सिट बाँडफाँट सम्भव भएको थियो । 

सङ्घीय संसद्को प्रतिनिधि सभामा १६५ प्रत्यक्ष र ११० समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ । सात प्रदेशमा ३३० सदस्य प्रत्यक्ष र २२० समानुपातिक निर्वाचन प्रणालीबाट चयन भएका छन् ।     





  • प्रकाशित मिति : मंसिर २८, २०७९ बुधबार १०:४६:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया