प्रधानमन्त्री देउवाको निर्देशन : काभ्रे दुर्घटनाका घाइतेको सुविधा सम्पन्न अस्पतालमा उपचार गर्नू

प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रेमा भएको बस दुर्घटनामा मृत्यु हुनेहरूप्रति दुःख व्यक्त गरेका छन् । उनले दुर्घटनामा घाइते भएकाको उपचारमा कुनै कसर बाँकी नराख्न पनि निर्देशन दिएका छन् । 

प्रधामन्त्री देउवाले बुधबार बिहान ट्विट गर्दै दुर्घटनाका घाइतेहरूको तत्काल सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न निर्देशन दिएका हुन् । 

‘काभ्रेको बेथानचोकमा बस दुर्घटना भएको खबरले निकै दुःखी भएको छु । दुर्घटनामा परी मृत्यु भएकाहरूको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’, प्रधानमन्त्री देउवाले लेखेका छन्, ‘साथै घाइतेहरूको तत्काल सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिएको छु ।’​

मंगलबार साँझ काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा भएको बस दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । साथै, दुर्घटनामा २२ जना घाइते भएका छन् ।  





  • प्रकाशित मिति : मंसिर २८, २०७९ बुधबार ११:५३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया