सागर ढकालको चुनावी खर्च साढे ८ लाख

डडेल्धुराबाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरेका सागर ढकालले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरणमा चुनावमा साढे ८ लाख खर्च भएको उल्लेख गरेका छन् । 

ढकालले ४ मंसिरमा सम्पन्न भएको प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार रहँदा चुनावी गतिविधिमा ८ लाख ६७ हजार ९ सय ७८ रुपैयाँ खर्च भएको उल्लेख गरेका हुन् ।

सागरले खर्च विवरण आइतबार निर्वाचन आयोगमा समेत बुझाएको जनाएका छन् । चुनावमा खर्च नभएर बचेको बाँकी रकम पहिले भनेअनुसार डडेल्धुराको लागि नै खर्च गर्ने ढकालले उल्लेख गरेका छन् । 





  • प्रकाशित मिति : मंसिर २८, २०७९ बुधबार १२:१३:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया