नयाँ सरकारको नेतृत्व माओवादीले गर्छ : प्रचण्ड
फाइल तस्बिर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीको नेतृत्वमा नयाँ सरकार बन्ने बताएका छन् । बुधबार पोखरामा आयोजित एक कार्यक्रममा उनले गठबन्धनको तर्फबाट सरकारको नेतृत्व माओवादीले गर्ने बताएका हुन् । 

‘अबको सरकारको नेतृत्व नेकपा माओवादीले गर्छ,’ प्रचण्डले भने । उनले निर्वाचनबाट माओवादीका लागि अपेक्षाकृत नतिजा नआएको पनि बताए ।

आफूले प्रत्यक्षतर्फ २५ सिटको आशा गरिएकोमा कांग्रेस पूर्णरूपमा इमान्दार नहुँदा अपेक्षा गरेअनुसार सिट जित्न नसकेको प्रचण्डको भनाइ छ । 

‘हामीले जति इमान्दारिता देखायौँ, कांग्रेसले पूर्णरूपमा इमानदारिता देखाउन सकेन’, प्रचण्डको भनाइलाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने ।

कार्यक्रममा प्रचण्डले गण्डकी प्रदेश सरकारको नेतृत्व पनि माओवादीले पाउनुपर्ने माग गठबन्धनमा राखेको सुनाए । 





  • प्रकाशित मिति : मंसिर २८, २०७९ बुधबार १३:४७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया