प्रधानमन्त्री भएमा ४७ सालयताका फाइल खाेल्छु : प्रचण्ड

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री भएमा भ्रष्टाचार नियन्त्रणमा काम गर्ने र आर्थिक क्रान्तिको अभियान चलाउने बताएका छन् । 

कास्कीको अन्नपूर्ण गाउँपालिका १ स्थित महेन्द्र आधारभूत विद्यालयको हीरक महोत्सवको उद्घाटन गर्दै उनले सरकारको नेतृत्व आफूले गर्ने बताएका हुन् ।

चुनावपछि पहिलोपटक आफैँले कखरा पढेको विद्यालयमा पुगेर उनले भने, 'तपाईंहरूको आशीर्वाद लाग्यो भने म छिटै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दै छु,’ प्रचण्डले भने ।

उनले आफू प्रधानमन्त्री भएमा ४७ सालयताका राजनीतिक नेतृत्वमा रहेका विशिष्ट व्यक्ति र सरकारमा रहेका व्यक्तिको सम्पत्ति छानबिन गरेर दाेषी ठहरिए कडा कारबाही गर्ने दाबी गरे । 





  • प्रकाशित मिति : मंसिर २८, २०७९ बुधबार १६:५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया