विकासका लागि नागरिकसहितको साझेदारी आवश्यक : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिमका प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले विकासका लागि नागरिक सहितको साझेदारी आवश्यक रहेको बताएका छन् । बुधबार धनगढी उपमहानगरपालिकाले गरेको मुख्यमन्त्री तथा मन्त्रीहरु सम्मान तथा धन्यावद ज्ञापन कार्यक्रममा मुख्यमन्त्री भट्टले यस्तो बताएका हुन् । 

‘विकासका लागि साझेदारी आवश्यक छ’, उनले भने, ‘त्यो पनि नागरिक सहितको साझेदारीमा हुनुपर्दछ ।’ नागरिकलाई पनि विकासमा जोड्नुपर्ने उनको भनाइ छ । ‘नागरिकलाई विकासमा सहभागि गराउने सकिएन भने विभिन्न अवरोध देखापर्छन्’, उनले भने, ‘त्यसपछि विकासमा परिणाम देखाउन सकिँदैन ।’ 

धनगढीको मुख्य सडक प्रदेश सरकारको बजेटमा निर्माण हुने उनले बताए । मुख्यमन्त्री भट्टले धनगढीबाट ढिलै भए पनि विकासका काम गर्दा तीन तहको सरकार बीच समन्वय र सहकार्यको सुरुवात भएकोमा खुशी व्यक्त गरे । 

प्रदेश सरकार गठन हुँदाखेरि नै स्थानीय सरकारसँग समन्वय  र सहकार्य गर्न खोज्दा धेरैले स्वीकार गर्न नसकेको उनले बताए । ‘प्रदेश सरकार गठन भएदेखि नै समन्वय र सहकार्यका सुरुवात गर्न खोजेको हो’, उनले भने, ‘एक-अर्कोको अस्तित्व स्वीकार गर्न नसक्दा सोचेअनुसार भएन’, उनले भने, ‘अहिले धनगढी उपमहानगरबाट सुरुवात भएको छ । यो राम्रो पक्ष हो ।’ 

स्थानीय सरकारसँग साझेदारी विना विकासका कार्यक्रम सम्भव नभएको उनले बताए । ‘बजारमा धेरै विकासका कार्यक्रम सञ्चालन गर्दा स्थानीय सरकारको सहयोग विना सम्भव छैन’, उनले भने,  ‘धनगढीको मुख्य सडक क्षेत्राधिकार खाली गर्नमा अहिलको नेतृत्वलाई धन्यवाद दिनुपर्दछ ।’ 

धनगढीको मुख्य सडक निर्माणका लागि सडकको क्षेत्राधिकार खाली गारउने कार्य तीव्र रुपमा भइरहेको छ । त्यो सडक निर्माणका लागि प्रदेश सरकारले बजेट समेत छुट्याइसकेको छ । दुई हप्तामा नै टेण्डर हुने सुदूरपश्चिम प्रदेश सरकाले जानकारी दिएको छ ।



सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधारमन्त्री दीर्घ सोडारीले धनगढीको मुख्य सडक १५ दिनभित्र टेण्डर आह्वान हुने बताएका छन् । धनगढीको मुख्य सडक क्षेत्राधिकार गराउने कार्य तीव्र रुपमा भइरहेको छ ।



  • प्रकाशित मिति : मंसिर २८, २०७९ बुधबार १७:४२:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया