चाडको मरुभूमिमा २७ आप्रवासीको शव फेला

संयुक्त राष्ट्रसंघले चाडको मरुभूमिमा आप्रवासीका २७ शव भेटिएका बताएको छ । चारजना बालबालिकासहित आप्रवासीका २७ शव फेला परेका आप्रवासनका लागि अन्तर्राष्ट्रिय  संगठनले जनाएको हो । 

आप्रवासीहरू पश्चिम–मध्य चाडको मौसोरो सहरबाट करिब डेढ वर्षअघि पिकअप ट्रकमा निस्केका र ट्रक बिग्रिएर उनीहरूको भोकप्यासले ज्यान गएको उक्त सङ्गठनको अनुमान छ । उक्त घटनाबाट सङ्गठनले मर्माहत भएको बताउँदै मृतकका परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ । 

चाडमा सङ्गठनका चाड प्रमुख एनी क्याथ्रिन शेफरले यस्ता अकल्पनीय मृत्यु रोक्न सुदृढ सामूहिक काम अपरिहार्य भएको बताएका छन् । बितेका आठ वर्षमा सहारा मरुभूमि पार गर्ने प्रयासमा ५ हजार ६ सयभन्दा बढीको मृत्यु भएको वा बेपत्ता अभिलेखबाट सङ्गठन थप चिन्तित भएको उनले बताए । 

यो वर्ष करिब एक सय ५० आप्रवासीको मरुभूमिमा मृत्यु भइसकेको छ ।  





  • प्रकाशित मिति : मंसिर २९, २०७९ बिहीबार ७:३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया