भारतविरुद्धको तेस्रो टी-२० अस्ट्रेलिया विजयी, पेरीकाे उत्कृष्ट ब्याटिङ

भारतविरुद्धको महिला टी–२० अन्तर्राष्ट्रिय सिरिजको तेस्रो खेलमा पाहुना टोली अस्ट्रेलिया २१ रनले पराजित भएको छ । पाँच खेलको सिरिजमा अस्ट्रेलियाको यो दोस्रो जित हो । उसले पहिलो खेलमा भारतलाई ९ विकेटले हराएको थियो ।

दोस्रो खेलमा भने अस्ट्रेलिया सुपर ओभरमा पराजित भयो । यो जितसँगै सिरिजमा अस्ट्रेलियाले २–१ को अग्रता लिएको छ । गएराति सम्पन्न तेस्रो टी–२० मा अस्ट्रेलियाले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५१ रन मात्र बनाउन सक्यो ।

उसका लागि शफाली वर्माले ४१ बलमा ६ चौका र तीन छक्कासहित सर्वाधिक ५२ रन बनाइन् । त्यस्तै, कप्तान हरमनप्रित कौरले ३७, दिप्ती शर्माले अविजित २५ र जेमिमाह रोड्रिग्जले १६ रन जोडे । अस्ट्रेलियाका लागि एश्ले गार्डनर र आर्सी ब्राउनले सर्वाधिक दुई/दुई विकेट लिए । 

त्यसअघि मुम्बईस्थित ब्रेबोर्न स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७२ रन बनायो । उसका लागि अलराउन्डर एलिस पेरीले अर्धशतकीय पारी खेलिन् ।

४७ बलको सामना गरेकी उनले ९ चौका र तीन छक्कासहित ७५ रन बनाइन् । त्यस्तै, ग्रेस ह्यारिसले ४१ र बेथ मूनीले ३० रन बनाइन् । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

भारतका लागि देविका वैद्य, अञ्जली सरवानी, रेनुका सिंह र दीप्ती शर्मालेले दुई/दुई विकेट लिए । भारत र अस्ट्रेलियाबीचको चौथो टी–२० शनिबार हुनेछ ।





  • प्रकाशित मिति : मंसिर २९, २०७९ बिहीबार ७:३४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया