लुम्बिनी प्रदेश सरकारको निर्णय : अब कर्मचारीलाई आवास सुविधा

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्को पहिलो बैठकले स्थायी राजधानीमा आउने कर्मचारीलाई आवास सुविधा उपलब्ध गराउने निर्णय गरेको छ । बुधबार स्थायी राजधानी दाङको देउखुरीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।  

स्थायी राजधानीमा दाङमा स्थान्तरणका क्रममा आउने कर्मचारीलाई सहजताका लागि वर्ग विभाजन गरेर आवासको सुविधा दिने निर्णय गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला कानुन तथा सञ्चारमन्त्री तीलकराम शर्माले जानकारी दिए।

श्रेणीविहीन कर्मचारीलाई ३ हजार ५ सय रुपैयाँ, चौथो, सहायक पाँचौं र अधिकृतसम्मलाई ६ हजार मासिक आवास सुविधा दिइने निर्णय भएको उनले बताए । 

मन्त्री शर्माका अनुसार देउखुरीमा कोठा भाडा लिएर बस्ने कर्मचारीलाई आवासका सुविधा उपलब्ध गराइने छ ।  





  • प्रकाशित मिति : मंसिर २९, २०७९ बिहीबार ८:४७:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया