बैतडीमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । प्रहरीका अनुसार जिल्लाको पुर्चौडी नगरपालिका–६, सुइलेक सडकखण्डमा जिप दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका हुन् ।
बुधबार राति धनगढीबाट बझाङको बुङ्गल नगरपालिकातर्फ गइरहेको सु.प.प्र ०१–००१ च ३३८८ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।
दुर्घटनामा परी घाइते हुनेमा बझाङको बुङ्गल नगरपालिका–७, अठ्पालीकी ४५ वर्षीया हुर्कादेवी धामी, २० वर्षीय सचिन धामी, बुङ्गल नगरपालिका–८, कि ५० वर्षीया मैनादेवी बोहरा, बुङ्गल नगरपालिका –४, कि ४८ वर्षीया लालीदेवी कार्की, ५२ वर्षीय धनसरा सिंह र जिप चालक डोटी जोरायल गाउँपालिका–२, का ५५ वर्षीय विष्णु भट्ट रहेका प्रहरीले जनाएको छ ।
घाइतेको स्थानीय देउलेख स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रहरी निरीक्षक जोशीले जानकारी दिए ।
जिप सडकबाट करिब एक सय मिटर तल खसेको थियो । जिप दुर्घटनाको कारण खुल्न बाँकी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।